स्पेनका कप्तान बुस्केट्सद्धारा सन्यास घोषणा

स्पेनका कप्तान बुस्केट्सद्धारा सन्यास घोषणा


स्पेनका कप्तान सर्जियो बुस्केट्सले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । कतारमा जारी फिफा विश्वकपमा नकआउट चरणबाटै स्पेन बाहिरिएपछि मिडफिल्डरसमेत रहेका  बुस्केट्सले सन्यास लिएको घोषणा गरेका हुन् ।

‘म घोषणा गर्न चाहन्छु कि लगभग १५ वर्ष र १४३ खेलपछि राष्ट्रिय टोलीबाट बिदा लिने समय आएको छ ।’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेरो देशको प्रतिनिधित्व गर्नु र यसलाई शीर्षमा लैजान पाउनु, विश्व र युरोपेली च्याम्पियन बन्नु, कप्तान हुनु र धेरै खेलहरू खेल्नु, ठूलो वा कम सफलता पाउनुसँगै अद्वितीय, अविस्मरणीय र ऐतिहासिक अनुभवसहित बिदा लिने निर्णय गरेको छु । यो लामो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु ।’ 

३४ वर्षीय बुस्केट्सले स्पेनबाट १४३ खेलमा २ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले स्पेनबाट २०१० मा विश्वकप र २०१२ मा युरोकप जितेका छन् । उनी हाल क्याटलान क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । 

Logo