मतले जितेँ अब मनले जित्नेछु -प्रदीप पौडेल

मतले जितेँ अब मनले जित्नेछु -प्रदीप पौडेल


नेपाली काँग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले देशमा उत्पादनमुलक उद्योगहरु खोल्न जरुरी रहेको बताएका छन् । 

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताए । आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको उनले स्पष्ट पारे । 

‘हामीले जित्यौँ, दिग्विजय भयो भन्ने होइन, हामीलाई एउटा अवसर प्राप्त भएको छ । हामीले ५ वर्ष भित्र पूरा गरेर देखाउनेछौँ । यो असाध्यै चुनोतीपूर्ण छ । हामीले मत प्राप्त ग-यौं अब मन जित्न जरुरी छ । जिताइयो अब यसले मात्रै सबैथोक गर्छ भनेर नछोडिदिनुहोला तपाईहरुको नै साथ चाहिन्छ । हामीले भनेका कुरा पूरा गर्न जरुरी छ ।’ उनले भने, ‘हाम्रा प्रतिवद्धतामा हामी अडिग छौँ । राजनीतिक व्यथितिको अन्त्य गर्नेछौँ । स्थानीय समस्या समाधान गर्नेछौँ । कुरा भन्दा पनि हामीले गरेका कुरा पूरा गर्नेकुरामा हामी लाग्नेछौँ । उत्पादनमुलक उद्योगहरु खोल्न जरुरी छ । परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी छ । आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी छ । त्यसोभए रोजगारीको अवसर सिर्जना हुनसक्छ ।’
 
नेता पौडेलले अबको ५ वर्षमा राजनीतिक व्यथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाता पूरा गर्ने प्रतिवद्धता जनाए ।

Logo