सुकुटेलाई पर्यटकीय हव बनाउन चासो

सुकुटेलाई पर्यटकीय हव बनाउन चासो


सिन्धुपाल्चोकको सुकुटे क्षेत्रलाई 'पर्यटकीय हब' बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले विशेष चासो राखेको छ । राजधानी काठमाडौंबाट ६७ किलोमिटर  दुरीमा रहेको सुकुटेलाई व्यवस्थित बनाउँदै अझै पर्यटकको आकर्षण बढाउने उदेश्यले नगरपालिकाले शुक्रबार सरोकारवाला निकायसँग अन्तरकृया गरेकाे छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य माधब सापकोटा सुबोधले सुकुटेले सिन्धुपाल्चोककाे थप प्रचार गरिरहेकाे बताए । यस क्षेत्रमा सञ्चालित होटल व्यावसायलाई २४सैं घण्टा सञ्चालन गर्ने वातावरण बनाउन पहल गर्नेु पर्ने उनले बताए ।

बागमती प्रदेससभा सदस्य सरलसहयात्री पौडेलले पनि अरनिको राजमार्गमा पर्ने सुकुटेले पर्यटकीय र धार्मिक दुबै महत्व बोकेको उल्लेख गरे । यो क्षेत्रमा अरनिको र भृकुटीको प्रतिमासहितको पार्क निर्माण गर्नसके ऐतिहासिक महत्वलाई समेत जिवित राख्न मद्दत पुग्ने बताए । 

चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले नगरभित्रको समग्र क्षेत्रको विकासमा आफ्नो ध्यान गएको बताए । सुकुटे बजारलाई अझै व्यवस्थित गर्दै पर्यटकीय हवको रुपमा विकास गर्ने नगरपालिकाले विशेष योजना ल्याउने उल्लेख गरे । पर्यटन सँगसँगै वातावरण स्वच्छ बनाउन फोहोर व्यवस्थापनमा  व्यावसायीहररु पनि जिम्मेवार हुनुपर्नेमा मेयर सापकोटाकाे भनाइ छ । 

व्यवसायी महेन्द्र थापाले सुकुटे आउने पर्यकलाई कालीमाटीको तरकारी किनेर खुवाउनुपर्ने बाध्यता रहेको बताए । सुकुटेको पहिचानको लागि स्थानीय उत्पादनमा जोड दिन आवश्यकता रहेकाे उनकाे भनाइ छ । कुक, वेटर, लेखा ब्यवस्थापनसम्बन्धी तालिम स्थानीय तहले दिएर  स्थानीय स्तरमा दक्ष कर्मचारी उत्पादन गर्नुपर्ने ब्यवसायीकाे जाेड छ ।

Logo