असोज २५ मा चिनियाँ राष्ट्रपति नेपाल आउने

काठमाडौं । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ २५ असोजमा नेपाल भ्रमणमा आउने भएका हुन् । परराष्ट्र मन्त्रालयले आज विज्ञप्‍ति जारी गरेर राष्ट्रपति सीको नेपाल भ्रमण २५ देखि २६ असोजसम्म हुने जनाएको छ।

नेपाल भ्रमणका क्रममा राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति सी र चिनियाँ डेलिगेसनका लागि भोजको आयोजना पनि गर्नेछिन् ।

त्यस्तै, राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग डेलिगेसन तहको औपचारिक वार्ता गरेका छन् । वार्तापछि दुई देशबीच समझदारी पत्र र एमओयूमा हस्ताक्षर गरिनेछ । त्यस्तै, सीले विभिन्न पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने छन् ।