समाउँदा स्तनको आकार बढ्छ ?

एजेन्सी । युवतीको स्तन सुन्दरताको अर्को रुप हो । त्यसैले महिलाहरू स्तनलाई लिएर निकै सर्तक रहन्छन् । महिलाको शरिरको विकास पुरुषको तुलनामा तीब्र गतिमा हुन्छ । स्तन किशोरावस्थाबाट बढ्न सुरु गर्छ । यसको सुरुवात ८ वर्षको उमेरदेखि नै हुन सक्छ ।

१३ वर्षसम्मका स्तनले एउटा निश्चित आकार लिइसकेको हुन्छ । २१ वर्षको उमेरसम्ममा स्तनको आकार बढिरहेको हुन्छ । स्तनको एउटा निश्चित आकार भएपछि शरिरका अन्य अंग अनुसार बढ्छ ।

स्तन दबाउँदा के असर हुन्छ ?
कैयौ मानिसमा स्तन दबाउँदा यसको आकार बढ्दै जान्छ भन्ने मान्यता छ । जुन मान्यतको विकास भएको छ त्यो भ्रम मात्र हो । आजसम्म भएका कैयौं अनुसन्धानले स्तन समाउँदा वा दबाउँदा साइज वा आकारमा कुनै परिवर्तन नभएको देखिएको छ ।

यो कारणले पनि बढ्न सक्छ स्तनः
यदि कोही महिलाले भारी सामान उठाउँछन् भने वा बच्चा भएपछि स्तनपान गराउँदा स्तनको आकार बढ्छ । यसका साथै कुनै प्रकारको अभ्यास गर्दा पनि स्तनको आकार बढ्छ । यस्तो गर्दा उसको साइज मात्र बढ्ने हो आकारमा कुनै परिवर्तन हुँदैन् ।

यस्तो गर्नु खतरानाकः
केही महिलाहरू स्तनको आकार बढाउने भन्दै क्रिम तथा अनेक प्रकारका औषधिको प्रयोग गर्छन् । तर यसको प्रयोगले कुनै फरक पर्दैन । बरु हानी पुर्‍याउन सक्छ । केबल ब्रेस्ट सर्जरी गरेर मात्र स्तनको साइज बढाउन सकिन्छ । यसमा सानो पनि गल्ती भयो भने ब्रेस्ट क्यान्सरको खतरा बढी हुन्छ ।

के पुरुषले समाउँदा स्तन बढ्छ ?
केही मानिसहरू शारीरिक सम्बन्ध राख्दा पनि महिलाको स्तन बढ्ने कुरामा जोड दिन्छन् । तर यस्तो केही पनि हुँदैन् । त्यो त केवल सोच्ने मानिसको भ्रम मात्र हो । स्तन समाउँदा वा शारीरिक सम्बन्ध राख्दा स्तनको आकारमा कुनै परिवर्तन हुँदैन् ।

समाउँदा स्तनको आकार बढ्छ ?