#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1341191957948150166167815822
नेपाल1706138669510328

चिनियाँ राष्ट्रपतिको स्वागतमा राखिएको ब्यानर च्यातियो

काठमाडौं । चिनियाँ राष्ट्रपतिको स्वागतका लागि बनाइएका ब्यानर च्यातिएको छ । काठमाडौंको तिनकुनेस्थित लायन्स आँखा अस्पताल नजिकै लगाइएको ब्यानर च्यातिएको हो ।

असोज २५ मा दुई दिने नेपाल भ्रमणमा आउन लागेका सी को स्वागतका लागि काठमाडौंका विभिन्न स्थानमा नेपालको संस्कृति झल्किने खालका तस्बिरसहितको ब्यानर राखिएका छन् ।

ती मध्ये तिनकुने क्षेत्रमा राखिएको ब्यानर च्यातिदिएको हो । ब्यानर च्यातेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर गाइघाटका २६ वर्षीय गोपाल सार्की रहेका छन् ।

मंगलबार राति ९ बजेतिर मापसे गरेर ब्यानर च्यातिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सार्कीमाथि अभद्र व्यवहारको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

अपराध संहिता २०७४ ले अभद्र व्यवहार गर्न रोक लगाएको छ । कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न अपराध मानेको छ । यस्तो गरेमा कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार