संसदीय दलको निर्वाचनका लागि कांग्रेसले बनायो समिति

संसदीय दलको निर्वाचनका लागि कांग्रेसले बनायो समिति


नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति गठन गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यहरूमा पुष्पा भुसाल र प्रकाश स्नेही रहेका छन् ।

कांग्रेसको विधानको दफा ४० मा पार्टीको संसदीय दल गठनसम्बन्धी व्यवस्था छ । सङ्घीय संसद्मा रहेका पार्टीका सांसदहरू कांग्रेस संसदीय दलका सदस्य हुन्छन् । यसैगरी संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने विधानमा व्यवस्था छ ।

Logo