धनुषामा ९ वटा मोटरसाइकलसहित साइकल र गाडी ध्वस्त

धनुषामा भएको आगलागीमा नौ वटा मोटरसाइकलसहित तीन वटा साइकल र एउटा गाडी जलेर ध्वस्त भएको छ । जनकनन्दिनी गाउँपालिका वडा नं.३ महुवामा पार्क गरी राखिएका सवारीसाधनमा आगलागी भएको हो ।

ज ९ प ७६२५ , स १ प ४३८१, स ८ प ७७१८ , ज १ प ९३३ , ज ६ प ७९९५  बिआर ३२ एन ५३३९, बिआर ३२ एफ ९३००, बिआर ३२ भि ३०८४, बिआर ३२ एफ ६०७८ नम्बर प्लेटका मोटरसाइकलहरु जलेका हुन् । जलेका सवारीसाधनहरुमा
जनकन्दिनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्षको सरकारी गाडी समेत रहेका छन् ।
आगो बिहीबार बिहान करिब साढे ३ बजेतिर सल्किएको प्रहरीले जनाएको छ । ती सवारीसाधन कसैले जलाएको वा आफैं जलेका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।