ट्रकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

ट्रकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते


चन्द्रपुर निजगढस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको बीचमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

राजमार्गमा बिग्रिएर रोकिराखेको प्रदेश २–०३–००१ ख ४२२९ नम्बरको ट्रकमा प्रदेश २–०३–००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका–३ सिमरीका वर्ष २६ का भुवन पहाडी र मोटरसाइकलमा सवार सोही ठाउँका वर्ष २७ को रीत बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

त्यसैगरी मोटरसाइकल पछाडि बसिरहेका सिमरीकै २४ वर्षीय सुशील माझीको टाउको र छातीमा गम्भीर चोट लागेर हाल भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको छ।

Logo