#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व125635868229928585259544
नेपाल9081

सिन्धुपाल्चोक दुर्घटना: बसमा ८० यात्रु, मृतकको संख्या ९ पुग्यो, ६० घाइते

सिन्धुपाल्चोक,

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० स्थित बडहरेबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बस आज विहान १० बजे दुर्घटना हुँदा ९ जना यात्रीको मृत्यु भएको छ ।

दुर्घटनामा दर्जनौं घाइते भएका छन् । दशैं मनाउन गाउँ गएका यात्रीहरु राजधानी फर्कने क्रममा सो बस दुर्घटना भएको हो । बा २ ख २७१५ नम्बरको सो बस सडकबाट २०० मिटर तल खसेको र बस चालकको समेत मृत्यु भएको घटनास्थलबाट स्थानियवासी इन्द्रमणि नेपालले जानकारी दिनुभयो ।

हाल सम्म ९ वटा शवहरु फेला परेको र मृतकको संख्या बढ्ने क्रममा रहेको उहाँले बताउनु भयो । उहाँका अनुसार बसमा ८०  भन्दा धेरै यात्रीहरु चढेका थिए । ओभरलोडकै कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

अहिले घटनास्थलमा उद्धारका लागि स्थानियवासी र सिपाघाटबाट प्रहरी टोली पुगेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । घाइते करिब ६० जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ

प्रहरी चौकी भीमटारका इन्चार्ज प्रहरी सहायक निरीक्षक परशुराम साहले अहिले उद्धारको काम भइरहेको र मृतकको संख्या बढ्न सक्ने जानकारी दिए ।

 

सम्बन्धित समाचारहरु