वरिष्ठ नेता पौडेलले काँग्रेस संसदीय दलको नेतामा देउवालाई समर्थन गर्ने

वरिष्ठ नेता पौडेलले काँग्रेस संसदीय दलको नेतामा देउवालाई समर्थन गर्ने


नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्ने बताएका छन् । 

मंगलवार सिंहदरबारमा संसदीय दलको नेतामा देउवाको प्रस्तावकका रुपमा पुगेका वरिष्ठ नेता पौडेलले अहिलेको असहज परिस्थितीमा काँग्रेसभित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले सभापति देउवालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने निर्णय गरेको बताएका हुन् ।

उनले भने, ‘अहिलेको असहज परिस्थितीमा नेपाली काँग्रेस भित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले मैले पार्टी सभापति शेर बहादुर देउवालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने भएको छु । पार्टी सभापतिलाई संसदीय दलको नेतामा सर्वसहमत चयन गर्न सबैलाई आग्रह गर्दछु ।’  उनले संसदीय दलको नेतामा सभापति देउवा निर्बिरोध हुने दाबीसमेत गरे । 

तर संस्थापन इतर पक्षबाट पार्टी महामन्त्री गगनकुमार थापा संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्दै छन् । पार्टीका नेता डा. शेखर कोईरालाले युवा पुस्तान्तरणका लागि आफूले गगनलाई सममर्थन गरेको बताउँदै गगनलाई संसदीय दलको नेतामा समर्थन गर्न पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । 

Skip This
Logo