देउवाले पनि गराए मनोनयन दर्ता, पौडेल प्रस्तावक

देउवाले पनि गराए मनोनयन दर्ता, पौडेल प्रस्तावक


नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पनि मनोनयन दर्ता गरेका छन् ।

मंगलवार सिंहदरबारमा पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्तावकमा संस्थापन पक्षबाट सभापति देउवाले मनोनयन दर्ता गरेका हुन् । समर्थकमा भने पूर्णबहादुर खड्का रहेका छन् । 

संस्थापन इतर पक्षबाट महामन्त्री गगनकुमार थापाले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । उनको उम्मेदवारीमा प्रस्तावक डा.  शेखर कोइराला रहेका छन् भने समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् ।

संसदीय दलको निर्वाचन बुधवार बिहान ८ बजेबाट १० बजेसम्म हुनेछ ।

कांग्रेसमा ८९ जना सांसद छन् । दलको नेता बन्न ४५ मत भए पुग्छ । निर्वाचनको परिणामअनुसार संस्थापन पक्षमा ५५ जना सांसद छन् । इतर समूहमा ३४ जना खुलेका छन् । 

Logo