संसदीय दलको नेता छान्दै राप्रपा

संसदीय दलको नेता छान्दै राप्रपा


संसदीय दलको नेता चयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको दलको बैठक जारी छ ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको आजको बैठकले पार्टी संसदीय दलको नेता चयन गर्ने नेता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । 

हालसम्म राप्रपाको संसदीय दलको नेतामा कसैले दावी गरेको सार्वजनिक भएको छैन । यद्यपी अध्यक्ष राजेन्द्र लिङ्देन नै संसदीय दलको नेता चयन हुने सम्भावना रहेको बताइएको छ । राप्रपामा प्रतिनिधिसभामा प्रत्यक्षबाट ७ र समानुपातिक पद्धतिबाट ७ गरी कुल १४ जना सांसद निर्वाचित भएका छन् । 

Logo