कोरोना सम्बन्धित महत्वपूर्ण जानकारी सार्वजनिक, यी हुन् बच्ने १० उपाय

कोरोना सम्बन्धित महत्वपूर्ण जानकारी सार्वजनिक, यी हुन् बच्ने १० उपाय


काठमाडौं । कोरोना भाइरसको उपचारमा खटिएका डाक्टरहरुले कोरोना भाइरसबाट मृत्यु भएकाहरुमा गरेको पोष्टमार्टम पश्चात भाइरससँग सम्बन्धित महत्वपूर्ण जानकारी सार्वजनिक गरेका छन् ।

उनीहरुका अनुसार कोरोना भाइरस श्वासनलीमा गएर न्यूकसको तह बनाउँछ र त्यो विस्तारै ठोस बन्दै जान्छ । त्यसपछि श्वासनली बन्द हुन जान्छ । उपचारको क्रममा डाक्टरहरू यस नलीलाई खोल्ने प्रयास गर्छन् अनि संक्रमितलाई औषधि दिन्छन् । यद्यपि यो प्रकृया धेरै समय लाग्ने भएकोले बिरामीको अवस्था गम्भिर हुन जान्छ।

यसबाट बच्ने उपायहरु

१. तातो झोल पदार्थ सेवन । यदि यस खकारलाई घाँटीमै तटस्थ गरिदिन सके फोक्सोमा जान सक्दैन । यसका लागि तातो झोल पदार्थको बढी मात्रामा सेवन गर्न अत्यावश्यक छ । यसको लागि तातो चिया, कफी, तातो पानी, बेसार मिसाइएको तातो पानीको सक्दो सेवन गर्न आवश्यक छ । यसको सेवनले घाँटीमा जम्मा भएको खकार पगालेर पेटमा जान्छ । पेटमा ग्यासट्रिक रसहरु हुन्छन् , जसले ति खकारहरुलाई नष्ट पारिदिन्छ ।

२. दैनिक एन्टी सेफ्टिक जस्तै–भेनिगर, तातोपानी र नुन अथवा लेमन पानीले घाँटी कुल्ला गर्ने

३. भाइरस कपाल अथवा कपडामा बस्न सक्छ । यो भाइरस कुनै पनि साबुन अथवा डिटर्जनबाट मर्दछ । त्यसैले वाहिरबाट घर आउनासाथ सर्वप्रथम कहिं कतै नबसि सिधै बाथरुम गएर नुहाउनु पर्छ । यदि कपडा धुन नसकेको खण्डमा तुरुन्त घाममा सुकाउनुपर्छ अथवा सरफमा भिजाएर पनि राख्न सकिन्छ ।

४. धातुजन्य बस्तुमा भाइरस ९ दिनसम्म रहन्छ त्यसैले त्यस्ता चिजहरु सफा गर्न आवश्यक छ । जस्तै, सिंढीको रेलिङ, धोकाको ह्यान्डिल आदि छुनबाट बच्ने र दैनिक रुपमा घर सफा गर्ने ।

५. धुम्रपान नगर्ने

६. २० मिनेटमा २० सेकेन्डको लागि साबुन राखेर मिचीमिची हात धुने

७. हरियो सागसब्जी र फलफूल खाने, भिटामिन सीको मात्रा बढाउन कोशिस गर्ने

८. सामाजिक दुरी कायम राख्ने, कुनै पनि शकांस्पद व्यक्ति छ भने टाढैबाट कुरा गर्ने, मास्क अनिवार्य रुपमा प्रयोग गर्ने, बाहिरबाट आउने बित्तिकै तुरुन्त साबुन पानीले हात धुने,

९. ज्वरो, भाइरल, फ्लू या रुघाखोकीबाट बच्ने यसले शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ । चिसो पानी अथवा चिसो पदार्थ नपिउने । किन की अहिलेको यो मौसममा जो कसैलाई पनि साधारण फ्लू हुन सक्दछ । जसले रोग प्रतिरोधात्मक क्षमतामा क्षति गर्दछ र मानिसलाई कमजोर बनाउँछ ।

१०. यदि केहि समयदेखि घाँटी खराब, खोकी लागे जस्तो भए डाक्टरसँग परामर्श लिने र सावधानी अपनाउने, भाइरस शरीरमा ३०४ दिन यस्तै तरिकाले घाँटीमा बसेर फोक्सोसम्म पुग्छ । त्यसैले यसबाट बच्न कुनै पनि यस्ता लक्षण देखिएमा डाक्टरले भनेको तरिका अपनाउने ।

वैज्ञानिकका अनुसार, कोरोना भाइरस सबैभन्दा पहिले घाँटीमा जान्छ र त्यहाँ भाइरसलाई बढाउँछ । भाइरसको संख्या बढेपछि घाँटी र छातीमा बाक्लो खकार जम्न जान्छ । जसका कारण सास फेर्ने बाटाहरु बन्द हुन जान्छन् र अक्सिजन भित्रसम्म प्रवेश गर्न सक्दैन । यो बाक्लो खकार ३ दिनसम्म घाँटीमा रहन्छ । र यो फोक्सोमा प्रवेश भएपछि समस्या सुरु हुन्छ । त्यसपछि शरीरका अंगहरु विशेष गरी फोक्सोलाई असर गर्दछ । मृगौला, कलेजो, फोक्सोलाई खत्तम गर्न सक्छ ।

भाइरस शरीरमा प्रवेश गरेपछि के हुन्छ ?

भाइरसका कणहरु बढ्न थाल्छ तब यो बाहिर निस्किन थाल्छ र यसले घाँटी वरिपरिका कोशिकाहरुलाई संक्रमित गर्दछ । यसो हुनाले प्रायः घाँटी दुख्ने, सुख्खा खोकी सुरु हुने हुन्छ । यो कणले घाँटीमा श्वासको नलीलाई असर गर्न थाल्छ । फोक्सोलाई विनास गर्छ । यतिमात्र होइन शरीरमा सञ्चार हुने रक्तसञ्चारमा कार्बनडाइअक्साईड हटाउनमा बाधा पैदा हुन्छ ।

Logo