प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा जबराले लिए सपथ

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा जबराले लिए सपथ


प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राप्रपाका पूर्व अध्यक्ष पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जबराले सपथ लिएका हुन् ।  

प्रतिनिधिसभाका नवनिर्वाचित सांसद्हरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । उनीहरुलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनुपर्ने प्रावधान अनुसार उनले आजै सपथ लिएका हुन् । 

निर्वाचन आयोगमा भरेको व्यक्तिगत फारममा महिन्द्र राय यादवको उमेर ८५ वर्ष उल्लेख थियो । तर, उनले आफ्नो नागरिकतामा उमेर धेरै भएको भन्दै सपथ नलिने जानकारी गराएपछि आयोगले संसद् सचिवालयलाई ८१ वर्षीय राणालाई ज्येष्ठ सदस्यको नाम पठाएको थियो । सोही नाम सचिवालयले राष्ट्रपतिलाई बुझाएपछि राणाले सपथ लिएका हुन् ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ जना र समानुपातिकतर्फ ११० जना गरी २७५ जना सांसदहरु निर्वाचित भएका छन् । 

Logo