कुमारी र एनसीसी बैंकलाई राष्ट्र बैंकले दियो मर्जरको अन्तिम स्वीकृति

कुमारी र एनसीसी बैंकलाई राष्ट्र बैंकले दियो मर्जरको अन्तिम स्वीकृति


कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई एकअर्कामा गाभिनका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । दुई बैंक गाभिएपछि नाम कुमारी बैंक हुने छ। 

दुवै संस्था बराबरही हैसियतमा गाभिने छन्। दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा एनसीसी बैंकका रमेशराज अर्याल हुने छन्। कुमारीका खनाल भने वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत रहनेछन् । अहिले एनसीसीमा १६०० कर्मचारी छन् भने कुमारीमा १९०० कर्मचारी छन्। एक्सटेन्सन काउन्टरबाहेक शाखा संख्या ३५५ पुग्ने छ।

अब दुई बैंकले एकीकृत कारोबार भने पुस १७ गतेबाट गर्ने बताइएको छ । 

Logo