२०६४ र ०७२ मै राष्ट्रपति पद अस्वीकार गरेको हुँः माधव नेपाल

२०६४ र ०७२ मै राष्ट्रपति पद अस्वीकार गरेको हुँः माधव नेपाल


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन् । 

बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले २०६४ साल र २०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रश्ताव गर्दा आफूले नै अस्वीकार गरेको बताए । आगामी दिनमा राजनीतिले मागेको अवस्थालाई मध्यनजर गरेर आवश्यक्ताको पद लिने उनको भनाई छ । 

उनले भने, ‘हामीले छलफल प्रारम्भ गरेकै छैनौँ । यो गठबन्धन कायम रहन्छ, पावर शेयरिङ सिद्धान्तको आधारमा परिस्थितिले माग गरेबमोजिम हुनेछ । राष्ट्रपति बन्ने आकंक्षा भएको भए २०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रश्ताव भएको थियो । २०७२ मा पार्टीबाट नै प्रश्ताव भएको थियो । मैले अस्वीकार गरेको हो । त्यतिबेला मैले मेरो उमेर पुगेको छैन भनेको हो ।’ 

अध्यक्ष नेपालले आवश्यक परेको खण्डमा सबै पदका लागि आफू तयार रहेको पनि बताए । 

Skip This
Logo