आज ११ बजे महिन्द्र राय यादव र रामकुमार राईले शपथ ग्रहण गर्ने

आज ११ बजे महिन्द्र राय यादव र रामकुमार राईले शपथ ग्रहण गर्ने


बिहीबार शपथ ग्रहण गर्न छुटेका चार मध्ये दुई जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथ ग्रहण गर्दैछन् । माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् ।

उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बिहान साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । उपत्यका बाहिर रहेका यादव र राई दुवै जना मौसम प्रतिकूलताका कारण हवाई उडान ढिलो हुँदा शपथ ग्रहण समारोहमा सहभागी हुन सकेका थिएनन् ।

एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई पनि शपथ ग्रहण समारोहमा छुटेका थिए । आले पारिवारिक शोकमा छन् भने र राई सुत्केरी भएकाले अस्पतालमा भर्ना भएकी छन् । उनीहरुले आफ्नो अनुकूलतामा शपथ लिन सक्ने संसद सचिवालयले वजाएको छ । प्रतिनिधि सभाका अन्य सदस्यहरुले संसद भवन नयाँबानेश्वरमा बिहीबार शपथ ग्रहण गरेका थिए ।

Logo