नेपाल टि२० लिगको विजेताले ५५ लाख पाउने

नेपाल टि२० लिगको विजेताले ५५ लाख पाउने


नेपाल टी–२० लिग फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत कमर्सियल तथा स्ट्राटेजिक साझेदार सेभेन थ्री स्पोर्टसले पुरस्कार रकम सार्वजनिक गरेको हो । प्रतियोगिताको विजेताले ५५ लाख पाउँदा उप-विजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् भने तेस्रो टोलीले १० लाख रुपैयाँ पाउने छन् । साथै प्रतियोगिताको चौथो हुने टाेलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाँच लाख रुपैयाँ पाउने छन् । उत्कृष्ट ब्याटर र बलरलाई जनही साढे २ लाख रुपैयाँ पुरस्कार दिइनेछ भने इमर्जिङ खेलाडीले १ लाख ८० हजार रुपैयाँ पाउने आयोजकले जानकारी गराएको छ । साथै हरेक खेलको प्लेयर अफ द म्याचले ४० हजार प्राप्त गर्ने भएका छन् ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ । यो लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् । 

Logo