#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व669862039314230560163249462
नेपाल2634102334290

चिनियाँ राष्ट्रपतिको विदाईसँगै प्रधानमन्त्रीको यस्तो ट्वीट

file

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भव्य रुपमा सफल भएको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिनको विदाईसँगै प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भ्रमण भव्य रुपमा सफल भएको बताएका हुन् ।

आइतबार दिउँसो राष्ट्रपति सीलाई त्रिभुवन विमानस्थलमा विदाइ गरेलगत्तै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रूपमा सम्पन्न भएको छ। उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ।’

प्रधानमन्त्री ओलीले नेपाल र नेपाली जनताप्रति देखाउनु भएको सद्भाव र सदिच्छाकालाई सी प्रति आभार प्रकट गरेका छन् । ‘भ्रमणलाई अभूतपूर्व रुपमा सफल पार्न लागि पर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ प्रधानमन्त्रीले भनेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा सी शनिवार नेपाल आएका थिए । नेपाल भ्रमणको क्रममा दुई देशबीच २० बुदेँ सम्झौता भएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार