एमाले कर्णाली दलको नेता को ?

एमाले कर्णाली दलको नेता को ?


नेकपा एमाले कर्णाली प्रदेश, संसदीय दलको नेताका लागि तीव्र लविङ सुरु भएको छ ।

प्रदेश सभामा १० सांसद रहेको एमालेको संसदीय दलको नेता चयन हुन कम्तिमा ६ जनाको समर्थन आवश्यक पर्छ । यसरी हेर्दा दलको नेता बन्न प्रयास गर्ने एमाले प्रदेश इन्चार्ज यामलाल कँडेलको पक्षमा हालसम्म चार जना सांसद खुलेका छन् भने एमाले प्रदेश अध्यक्ष विनोद शाहको पक्षमा ६ जना सांसद खुलेका छन् । ‘हालसम्म दलको नेता बन्न दुवै जनाले तीव्र आकांक्षा देखाएका छन् ।

शाह निकटका एक सांसदले भने, ‘त्यस्तो हुँदा ६ जना अहिले नै शाहको पक्षमा खुलिसकेका छौं । चार जना उहाँको पक्षमा खुल्नु भएको छ । बहुमत ल्याउन ६ जना भए पुग्ने भएका कारण बहुमत अध्यक्ष शाहको पक्षमा देखिएको छ । उसो त दलको नेता बन्ने लाईनमा ‘क्लियर’ देखिएका शाहले हालसम्म दलको नेता बन्ने घोषणा गरेका छैनन् तर उनको लविङ दलका नेता केन्द्रित नै देखिएको छ । चुनावमा मुख्यमन्त्रीका दावेदार भने प्रचारित शाह र कंडेल दुवैबिच दलको नेता बन्नु प्रतिष्ठाको विषय बनेको हो । पुस ११ गते कर्णाली प्रदेशससभा सदस्यको सपथ रहेको छ । 

Logo