बालकोट हिँडेका प्रचण्ड खुमलटार माेडिए, ओलीसँग लामिछाने र लिङ्देनकाे वार्ता

बालकोट हिँडेका प्रचण्ड खुमलटार माेडिए, ओलीसँग लामिछाने र लिङ्देनकाे वार्ता


सत्ता गठबन्धनको बैठक छाडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतिर लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै निवासस्थान खुमलटार माेडिएका छन् । 

उनी सत्ता गठबन्धनकाे बैठकमा सहमति नजुटेपछि वालुवाटार बैठकबाट बाहिरिएका थिए । गठबन्धनमा कांग्रेस र माओवादीले २/२ वर्ष सरकारको नेतृत्व गर्ने र एकीकृत समाजवादीले एक वर्ष नेतृत्व गर्ने सहमति भएको छ र । तर, प्रधानमन्त्री पहिले को बन्ने भन्ने विषयले सरकार गठनको प्रक्रिया नै अड्केको हो । अध्यक्ष प्रचण्डले पहिलो चरणमै आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका छन् । जसमा देउवा सहमत छैनन् । 

बालकोटमा रवि लामिछाने र केपी ओलीबीच वार्ता

उता, बालकोटमा भने प्रचण्ड पुग्नु अघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपाका नेता अशोक राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पुगिसकेका छन् । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा गठबन्धनमा भागबण्डामा सहमति भएको छैन । 

Logo