सबै कुरा अन्तिम समयमा मिल्ने नेपाली राजनीतिको परम्परा -मन्त्री कार्की

सबै कुरा अन्तिम समयमा मिल्ने नेपाली राजनीतिको परम्परा -मन्त्री कार्की


प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ गठबन्धन जोगाई राख्न सफल हुने विश्वास सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यक्त गरेका छन् । 

आईतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिएपछि काँग्रेस नेता समेत रहेका मन्त्री कार्कीले यस्तो विश्वास व्यक्त गरेका हुन् । उनले गठबन्धन मुलुकको आवश्यक्ता भएकाले त्यसलाई जोगाएर अघि बढन आफूहरु निरन्तर प्रयासरत रहेको समेत बताए । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहिलो पटक आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडानमा प्रधानमन्त्री देउवा सहमत नभएपछि आजको बैठकबाट दाहाल बाहिरिए । तर सञ्चारमन्त्री कार्कीले फेरी केहीबेर पछि बैठक बस्ने र सहमती हुने दावी गरे । 

उनले भने, ‘अव आन्तरिक छलफलको पनि जरुरी छ । अझै छलफलको आवश्यक्ता भएको हुनाले छलफल जारी छ । हामी गठबन्धनलाई जोगाई राख्नका लागि गठबन्धनको आवश्यक्ता हामीले महसुस गरेका छौं । र, सम्माननीय प्रधानमन्त्रीजीले निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पु-याउनु हुनेछ भन्ने विश्वास म तपाईहरुलाई व्यक्त गर्न चाहन्छु । आफ्नो आफ्नो दलमा पनि छलफल हुन्छ ।’ 

मन्त्री कार्कीले सबै कुरा अन्तिम समयमा हुने नेपाली राजनीतिको परम्परा भएको उल्लेख गर्दै अन्तिममा आएर सबै कुरा मिल्ने बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दावी पेश गर्नका लागि आह्वान गरेको एकहप्ताको समय आजै अपरान्ह ५ बजे सकिँदैछ ।

Logo