काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तालाई लिएर प्रश्न गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत मेयर साहले ओली प्रचण्ड भेटवार्ताको तस्बिर शेयर गर्दै देश व्यापार हो कि खेल भन्दै प्रश्न गरेका हुन् । उनले हिजो आफूले कविता लेखेको तर आज नलेख्ने समेत बताए छन् । उनले भनेका छन्- 'हिजो एउटा कविता लेखेको थिएँ । आज लेख्दिंन । देश के हो ? व्यापार हो ? खेल हो ?'
मेयर बालेनले शनिबार नयाँ सांसदहरूलाई कवितामार्फत गफाडीको संज्ञा दिएका थिए । उनले लेखेका थिए-
'नयाँ सांसदहरु,
नयाँ गफाडीहरु!
उही पुरानो देश ।
उही पुराना व्यापारीहरु ।'
नयाँ सरकार गठनका लागि अहिले बालकोटमा चार दलबीच वार्ता भइरहेको छ ।
प्रतिक्रिया