प्रधानमन्त्रीमा प्रचण्डले दाबी पेश गर्दा जे देखियो [फोटो फिचर]

प्रधानमन्त्रीमा प्रचण्डले दाबी पेश गर्दा जे देखियो [फोटो फिचर]


माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी पेस गरेका छन् । 

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीको समर्थनसहित प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् । 

३ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न दिएको एक साताको समय आइतबार बेलुका ५ बजे सकिएको छ । तर, समय सकिनुअघि नै प्रचण्ड राष्ट्रति भवन शीतल निवासमा पुगेर १६६ सांसदको समर्थनसहित दाबी पेस गरेका छन् । 

तस्बिर साैजन्य- प्रचण्डकाे सचिवालय-


 

 

Skip This
Logo