कांग्रेस सभापति देउवाको राजीनामा माग

कांग्रेस सभापति देउवाको राजीनामा माग


नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सभापति शेरबहादुर देउवाले सभापति र संसदीय दलको नेताबाट तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । 

गएराति ट्वीट गरी घिमिरेले नैतिकताको आधारमा देउवाले दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो?’, उनले प्रश्न गरेका छन्, ‘आज किन जोगाउन सकिएन?’ अहिलेको परिस्थिति आउनुमा सत्तालिप्सा र भजनमण्डली जिम्मेवार रहेको भन्दै उनले देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाउनु पर्ने बताएका छन् ।

Logo