आज सुन–चाँदीको भाउ स्थिर

आज सुन–चाँदीको भाउ स्थिर


साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी १ हजार ३ सय ९० रुपैयाँमा नै किनबेच भएको थियो। 

Logo