राप्रपा सरकारमा जाँदैन -अध्यक्ष लिङ्देन

राप्रपा सरकारमा जाँदैन -अध्यक्ष लिङ्देन


राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु तत्काल सरकारमा नजाने तर समर्थन भने गर्ने बताएका छन् । 

संघीय संसद नयाँ बानेश्वरमा जारी सर्वदलीय बैठकबाट बाहिर निस्कने क्रममा उनले अहिले नै राप्रपा सरकारमा नजाने र केही समयपछि मात्रै यस विषयमा निर्णय गर्ने बताएका हुन् । 

यसअघि हिजो आइतबार राप्रपासहित १६६ सांसदको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनले आज साँझ ४ बजे प्रधानमन्त्रीको सपथ खाने कार्यक्रम छ । 

सर्वदलीय बैठक सकेर प्रचण्ड राष्ट्रपति निवास शितलनिवासमा जाने तयारीमा छन् । 

Logo