उद्योग तथा आपूर्ति मन्त्रीमा जनमतका अब्दुल

उद्योग तथा आपूर्ति मन्त्रीमा जनमतका अब्दुल


जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा पार्टीका बरिष्ठ उपाध्यक्ष अब्दुल खानलाई पठाउने भएको छ । संसद भवन, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा जनमतले यो मन्त्रालय लिने सहमति भएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भने, ‘हाम्रो पार्टीको तर्फबाट हाम्रो बरिष्ठ उपाध्यक्ष अब्दुल खान जी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जाँदै हुनुहुन्छ । त्यो निर्णय पार्टीबाट भएको छ । म चाहीँ हेर्नुस् खासमा भन्ने हो भनेदेखि म सांसदको लागि पनि त्यति योग्य मान्छे होइन, मन्त्रीको त परको कुरा भयो । त्यही भएर हाम्रो पार्टीले योग्य व्यक्तिलाई नै पठाउँदै छ सरकारमा । उहाँ पनि निकै ठूलो संघर्ष गर्नुभएको व्यक्ति हो ।’

नवनियुक्त प्रधानमन्त्रीसहित गठबन्धनका केही मन्त्रीहरुलाई राष्ट्रपति कार्यालयले आजै अपरान्ह ४ बजे शपथग्रहण गराउने तयारी गरेको छ ।

Logo