अयोध्याबारे प्रधानमन्त्री ओलीको पुनः चासोदेखि विदेशमा अलपत्र नेपालीको धमाधम उद्धारसम्म (भिडियोसहित)

अयोध्याबारे प्रधानमन्त्री ओलीको पुनः चासोदेखि विदेशमा अलपत्र नेपालीको धमाधम उद्धारसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्याका विषयमा पुनः चासो देखाएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले चितवनको माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई सम्पर्क गर्दै अयोध्यापुरीको अध्ययन सुरु गर्न अनुरोध गरेका हुन् । उनले गत असार २९ गते भगवान राम नेपालकै नागरिक भएको अभिव्यक्ति दिएका थिए ।

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७७/०७८ का लागि ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । प्राधिकरणले निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो ।

नेपालमा रहेको कोभिड–१९ को अणुवांशिकको अध्ययन सुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ का १५ जना संक्रमितको नमूना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया सुरु गरेको हो ।

त्यस्तैगरी लेबननको राजधानी बेरुतमा भएको विस्फोटका कारण बेपत्ता भएकामध्ये ६० जना अझै सम्पर्क बिहिन रहेका छन् । दुर्घटना भएको चार दिन बितिसक्दा समेत बेपत्ता भएकाहरुलाई पत्ता लगाउन नसकिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । शक्तिशाली विस्फोटनका कारण अहिलेसम्म १ सय ५४ भन्दा बढीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन् ।

सरकारले कोरोना भाइरसको असरका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्यलाई जारी राखेको छ । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४६ हजार ३ सय १२ जनाको उद्धार गरेको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo