#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1430941820261046945301970
नेपाल9081

हत्या आरोपी आलमलाई रिहा गर्न माग गर्दै कांग्रेसले थाल्यो विरोध प्रदर्शन

रौतहट । १३ जना भन्दा बढीको हत्या गरेको आरोपमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमको रिहाइको माग गर्दै कांग्रेसले विरोध प्रदर्शन सुरु गरेको छ ।

आलमलाई निशर्त रिहाइ गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले रौतहटमा विरोध प्रदर्शन सुरु गरेको हो । सोमबारदेखि सुरु भएको विरोध प्रदर्शन आज पनि जारी रहेको कांग्रेस रौतहट–४ का क्षेत्रीय सभापति रामस्नेही राय यादवले जानकारी दिए । वृन्दावन नगरपालिकाको मेयर समेत रहेका यादवले राज्यले गौरमा शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रम रहेको बताए ।

२०६४ चैत २७ गते राजपुरमा भएको बम विस्फोटको घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका आलममाथि प्रहरीले अनुसन्धान गर्न नहुने माग राखेर कांग्रेसले रौतहटका विभिन्न स्थाननमा विरोध प्रदर्शन गरिरहेको हो ।

राज्यले अपराधी हो की होइन भन्ने विषयमा अनुसन्धान अगाडि बढाए आफूले आन्दोलनलाई निरन्तरता दिने कांग्रेसको चेतावनी छ । कांग्रेस रौतहटका जिल्ला सभापति कृष्णप्रसाद यादवले कम्युनिष्ट पार्टीको सरकारले आलमलाई फसाउने नियतले पक्राउ गरेको दाबी गर्दै रिहा नगरेसम्म कांग्रेसले आन्दोलन गरिराख्ने चेतावनी दिए ।

त्रिलोकप्रताप सिंह, ओसी अख्तर लगायत १३ भन्दा बढीलाई जिउँदै इट्टाभट्टामा जलाइएको आरोपमा पूर्वमन्त्री समेत रहेका आलमलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आलम संसद पदबाट निलम्बनमा परिसकेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार