पूर्व युवराज पारस शाह अहिले सामाजिक सञ्जालहरुमा छाइरहेका छन् । पोखरामा रेकर्ड भएको एउटा भिडियो भाइरल भएपछि पारसको चर्चा चुलिएको हो ।
हार्ले डेबिडसनको बुलेट बाइकमा सवार पारसले आफ्ना शुभेच्छुकहरुलाई राजावादी नभन्न अनुरोध गर्दै सबै जना नेपाली भएको बताइरहेकै बखत अगाडिबाट आएकी एक युवती उनलाई अंगालो हाल्दै बाइकमा चढ्छिन् । युवती चढ्ने बित्तिकै पारसले बाइक हुँइक्याएका छन् ।
यसरी पारसको बाइकमा चढ्ने युवती हुन् सोनिका रोका । युट्युवरकारुपमा चर्चित सोनिका र पूर्व युवराज पारसबीचको सम्बन्ध नजिकिएको गाँइगुई चलिरहेका बखत बाहिरिएको यो भिडियोले उनीहरुको सम्बन्धको हल्लामाथि थप बल पुगेको छ ।
सोनिकाले दरबारमार्गमा लिक्विड लाउन्ज सञ्चालन गरिरहेकी छन् । उक्त लाउन्जमा पारस नियमित जाने गर्दथे । यही सिलसिलामा उनीहरुबीच भेटघाट भएको हो । सोनिकाले यसअघि नै पारससँग बसेका केही टिकटक भिडियोहरु समेत सार्वजनिक गरेकी छन् । सोनिकाले भने आफूहरूबीच मित्रताको सम्बन्ध मात्रै भएको बताएकी छिन् ।
सोनिकाले युट्युवमा ‘द सोनिका शो’ नामक सञ्चालन गर्दै आएकी छिन् । उनले भारतका चर्चित कमेडियन कपिल शर्माको समेत अन्तरवार्ता लिएकी थिइन् । द्विअर्थी अन्तर्वार्ता शैलीका कारण सोनिका बेला बेला विवादमा पनि पर्ने गरेकी छिन् । सोनिकाले केही म्यूजिक भिडियोहरूमा मोडलिङ पनि गरेकी छिन् ।
कनिकासँगको सम्बन्ध
मुलुकमा राजतन्त्र अवसानसँगै पारस पनि लामो समय थाइल्याण्डमा बसेका थिए । सोही क्रममा उनी कनिका चैयर्सनसँग प्रेम सम्बन्धमा थिए ।
थाइल्याण्ड प्रहरीले उनलाई लागूऔषध सहित पक्राउ पनि गरेको थियो । केही वर्षअघि नेपाल आएका पारस बेलाबखत निर्मल निवासमानबसी छुट्टै बस्दै आएका छन् ।
पारस नेपाल आएसँगै कनिकासँगको सम्बन्धमा चिसोपना आएको कनिकाको फेसबुक स्टाटसहरुबाट आंकलन गर्न सकिन्छ ।