#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1091951652138842917266106402
नेपाल145193191685320

पारस खड्काले दिए कप्तानबाट राजीनामा

फाइल तस्वीरः नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन पारस खडका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार संग संक्षिप्त कुरा गर्दै ।

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएका छन् । १० वर्षयता कप्तानी गर्दै आएका खड्काले कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

आइसीसीले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गरेसँगै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन् ।  एक विज्ञप्ती जारी गर्दै पारसले नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् ।

उनले क्यानको निलम्बन फुकुवा भएको खुशी लागेको भन्दै क्यानको नयाँ कमिटीलाई शुभकामना समेत दिएका छन् । पारसले सन् २००९ मा विनोद दासलाई विस्थापित गर्दै कप्तान बनेका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार