#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1145440953487744371006482432
नेपाल157843492036547

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद पक्राउ (अपडेट)

जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राजपा नेपालका सांसद प्रमोद कुमार साह पक्राउ परेका छन् ।

ओखलढुंगा जान लागेका उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

नेपाल नागरिक उडड्यन प्राधिकरण जनकपुरले राजपा नेपालका सांसद प्रमोद कुमार साहमाथि किटानी दिएपछि जिल्ला अदालत धनुषाले उनलाई पक्राउ गर्न  पूर्जी जारी गरेको थियो । प्राधिकरणले जिल्ला प्रहरी कार्यालय धनुषामा गैर सैनिक हवाई उड्डयन ऐन २०१५ अन्तर्गत उजुरी दर्ता गराएको हो ।

सांसद साहले सोमवार जनकपुर विमानस्थलमा विमान ढिलो आएको भन्दै बुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार