नेपाल प्रहरीमा ३ एसएसपीसहित साढे ३ हजार दरबन्दी थपियो

काठमाडौं । नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप गरिएको छ । मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै दरबन्दी थप गरेको हो ।

दरबन्दी स्वीकृतिसँगै कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ । थपिएका दरबन्दीमा ३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), ४ जना प्रहरी उपरीक्षक (एसपी), २१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र ४७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) छन् ।

त्यस्तै ८६ प्रहरी नायब निरीक्षक (सई), २ सय ९७ जना प्रहरी सहायक निरीक्षक (असई), ६ सय ८३ प्रहरी हवल्दार, २ हजार २ सय १६ प्रहरी जवान र ३ हजार ५ सय ९३ कार्यालय सहयागीतर्फ दरबन्दी थप भएको हो ।

जनपद र प्राविधिक दुवै गरेर थप गरिएको हो । प्राविधिकतर्फ १ सय २९ जनाको दरबन्दी थपिएको छ । जसमा एसएसपी १, एसपी २, डीएसपी १२, इन्सपेक्टर २० लगायत छन् ।