मेराे पहिलो भ्रमण भारत हुनसक्छ -प्रधानमन्त्री प्रचण्ड

मेराे पहिलो भ्रमण भारत हुनसक्छ -प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने संकेत गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले भारतीय टेलिभिजन च्यानल एबीपी न्यूजलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने सम्भावना रहेको बताएका हुन् । आफूलाई पहिलो पटक जहाँबाट भ्रमणको निम्तो आउँछ, त्यहीँ नै जाने उनले बताए ।

प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा सन् २००८ मा पहिलो पटक भारतको भ्रमण नगरिकन बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा चीन पुगेका थिए । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाट सुरु गर्ने परम्परालाई उनले तोडेका थिए । 

प्रधानमन्त्री प्रचण्डले अन्तर्वार्तामा आफू प्रधानमन्त्रीको रुपमा सोमबार नियुक्त भएलगत्तै भारतीय पक्षबाट पहिलो पटक बधाई आएकोसमेत बताए ।

Logo