विश्वकप छनोट : नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित

काठमाडौं,

विश्वकप छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल बलियो टिम जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको छ । जोर्डनको अमान अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेल नेपाली समय अनुसार मंगलबार राति पौने नौ बजेबाट सुरु भएको थियो ।

यस अघि अष्ट्रेलियाविरुद्ध नेपालले पाँच शून्यको फराकिलो हार ब्यहोरेको थियो । हाल सम्मको खेलमा नेपालले तीन खेलमा एक जित र ३ हार बेहोरेको छ । पहिलो खेलमा कुवेतसँग सात शून्यको भारी अन्तरले हारेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । तेस्रो खेलमा अष्ट्रेलियासँग हारेको थियो ।

नेपाल र जोर्डन यस अघि विश्वकप छनोट अन्तर्गत नै २०११ मा खेलेका थिए । जसमा नेपालले जोर्डनसँग ९–० को हार बेहोरे पनि घरेलु मैदानमा एक–एकको बराबरी खेलेको थियो । फिफा वरीयतामा जोर्डन ९८ औं र नेपाल एक सय ६१ औं स्थानमा रहेका छन् ।