जसपाले आज संसदीय दलको नेता चयन गर्दै

जसपाले आज संसदीय दलको नेता चयन गर्दै


जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन हुदैछ ।

यसका लागि दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मतदान हुनेछ। यसअघि  बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारको मननोयन पत्र दर्ता गर्ने समय छुट्याइएको छ। यस्तै, १२ः३० बजेसम्म  उम्मेदवारको नामावली प्रकाशन, १ः३० बजेसम्म नाम फिर्ता लिने र २ बजेसम्म दाबीविरोधका लागि समय तोकिएको गरिएको छ।

मतरिणाम बुधबार नै सार्वजनिक गर्ने निर्वाचन कार्यतालिका छ।  जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठबन गरिसकेको छ। संसदीय दल निर्वाचन समिति सदस्यमा अर्जुन थापा र दीपेन्द्र झा छन्।

दलको नेतामा अशोक राईसँगै राजकिशोर यादवले दाबी गरेका छन्। प्रतिनिधिसभामा १२ सांसद रहेको जसपाका अध्यक्ष उपेन्द्र यादव भने निर्वाचनमा पराजित भएका थिए। 

Logo