कोरोनाबाट काठमाडौंमा एक जनासहित आज ३ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो

कोरोनाबाट काठमाडौंमा एक जनासहित आज ३ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो


काठमाडौं ।

नेपालमा कोरोनाबाट संक्रमितबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । आज ३ जना थपिएका छन् । पर्सा, मोरंग र काठमाडौंमा एक एक जनाको मृत्यु भएको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । आज ३७८ जना थपिएका छन् । शुक्रबार ४६४ जना थपिएका थिए । यस्तै विहिबार ३६० जना थपिएका थिए भने बुधबार ३८१ जना थपिएका थिए । मंगलबार २५९ जना थपिएका थिए । आज ६,२०६ जना सक्रिय संक्रमित छन् । आज ७ हजार ७८८ जनाको पिसिआर परिक्षण गरिएको छ ।

यस्तै निको हुनेको संख्या १६ हजार ३१३ जना पुगेको छ । आज ४९९ जना निको भएका छन् । शुक्रबार ४२५ निको भएका थिए । यस्तै विहिबार २३३ जना निको भएका थिए । बुधबार १३० जना निको भएका थिए । मंगलबार ६५ जना निको भएका थिए । सोमबार ३५८ जना थपिएका थिए । यस्तै आइतबार १११ जना निको भएका थिए । ७०‍ प्रतिशत निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ७३ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo