आज कतिमा कारोबार हुदैछ सुनचाँदी ?

आज कतिमा कारोबार हुदैछ सुनचाँदी ?


नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ।

अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला चार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।

Logo