एनआरएनए मध्य पूर्व संयोजकमा प्रविन गुरुङ निर्वाचित

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को मध्य पूर्व संयोजकमा प्रविन गुरुङ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै उपसंयोजकमा मनोज गोर्खाली र जोन अर्याल निर्विरोध निर्वाचित भएका छन् । यी पदमा अन्यको उम्मेद्वारी नपरेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंको हायात होटलमा सञ्चालन भइरहेको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार उद्घाटन गरेको सम्मेलन बुधबार नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ ।

यतिबेला काठमाडौंमा विश्वभरका नेपालीहरुको जमघट छ । गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनमा सहभागी हुन उनीहरु काठमाडौं ओर्लिएका हुन् ।

आगामी नेतृत्व चयन गर्ने सम्मेलन भएकाले एनआरएनए गठन भएका सबै देशका प्रतिनिधि र वैकल्पिक प्रतिनिधि सहभागी भएका छन् ।

एनआरएनए सचिवालयका अनुसार ८१ देशमा गैरआवासीय नेपालीहरुको उपस्थिति छ । तर, आज हुने चुनावका लागि मतदाता भने एनआरएनएका प्रतितिनिधिहरु ४५ राष्ट्रमा सीमित छन् ।