गण्डकीका नयाँ सांसदले आज शपथ लिदै

गण्डकीका नयाँ सांसदले आज शपथ लिदै


गण्डकी प्रदेश सभामा नवनिर्वाचित सांसदले आज पद तथा गोपनीयताको शपथ लिदैछन् ।

बुधबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले आज बाँकी ५९ जना प्रदेश सभा सदस्यलाई शपथग्रहण गराउनेछन् । गण्डकीमा ६० जना सांसद रहेका छन् । प्रदेशसभा सचिवालयले दिउँसो १ बजे शपथग्रहणको कार्यक्रम तय गरेको छ । नयाँ सांसदहरूको स्वागतमा प्रदेश सभा भवनलाई सिँगारेर चिटिक्क पारिएको छ । प्रदेश सभा भवनको गेट अगाडि रातो कार्पेट ओछ्याइएको छ ।

Logo