निदान हस्पिटलका सीईओसहित ५ जना पक्राउ

प्रहरीले ललितपुरको निदान हस्पिटलका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अस्पतालका सीईओ विपेन्द्र प्रधान, डाक्टर राजेश पन्त, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आले र मृगौला लिने बिरामी शंकरलाल लामा रहेका छन् ।

अस्पतालले एक व्यक्तिको नाममा अर्को व्यक्तिको मृगौला निकालेर किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा उनीहरू पक्राउ परेका हुन्। उनीहरूमाथि मानव बेचबिखन आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।