लुम्बिनी प्रदेशको राप्रपा संसदीय दलको नेतामा चौधरी

लुम्बिनी प्रदेशको राप्रपा संसदीय दलको नेतामा चौधरी


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा रुपन्देहीका आशिष कुमार चौधरीलाई चयन गरेको छ ।

काठमाडौंमा बसेको संसदीय दलको वैठकले रुपन्देही १ (१) बाट निर्वाचित चौधरीलाई दलको नेता चयन गरेको हो । दलको प्रमुख सचेतक र सचेतकको निर्णय हुन भने बाँकी रहेको नेता चौधरीले बताए । राप्रपाबाट प्रत्यक्षमा चौधरीसहित कपिलवस्तुबाट जानकीप्रसाद यादव तथा समानुपातिकतर्फ बाँकेबाट मिनाकुमारी श्रेष्ठ र गुल्मीबाट मेनुका खांण ठकुरी निर्वाचित भएका छन् ।

यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले रुपन्देही ३ (१) बाट निर्वाचित सन्तोष पाण्डेलाई दलको नेता चयन गरेको छ । प्रमुख दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतले नेता चयन गर्न बाँकी छ ।

Logo