इजरायली नेता नेतान्याहू अति दक्षिणपन्थी सरकार गठनको पक्षमा

इजरायली नेता नेतान्याहू अति दक्षिणपन्थी सरकार गठनको पक्षमा


इजरायलको इतिहासमा सबैभन्दा दक्षिणपन्थी सरकारको नेतृत्व गर्दै बेन्जामिन नेतन्याहू बिहीबारदेखि सत्तामा फर्किएका छन् । 

नेतन्याहुको वरिष्ठ सुरक्षा र कानून प्रवर्तन अधिकारीहरू जस्तै प्यालेस्टिनीहरूले पहिले नै यसले तय गर्नसक्ने दिशाका बारेमा चिन्ता व्यक्त गरिसकेका छन् । इजरायल डेमोक्रेसी इन्स्टिच्युट प्रवुद्ध समूहका अध्यक्ष योहानान प्लेस्नरले एएफपीसँग भने, “नेतन्याहूका साझेदारका लागि यो सपनाको सरकार बनेको छ ।”

“एक पक्षको सपना अर्को पक्षको दुःस्वप्न हो,” उनले भने । यो सरकारले देशलाई पूर्णरुपमा नयाँ दिशामा लैजाने अपेक्षा गरिएको छ ।

अदालतमा भ्रष्टाचारको आरोप खेपिरहेका ७३ वर्षीय नेतन्याहूले सन् २००९ देखि २०२१ सम्म कीर्तिमानी १२ वर्ष र ९० को दशकको अन्त्यतिर तीन वर्षको कार्यकालसहित इजरायली इतिहासमा अन्य कुनै पनि व्यक्तिभन्दा लामो समयसम्म प्रधानमन्त्रीका रूपमा काम गरिसकेका छन् । 

सन् २०२१ को वसन्त ऋतुमा नफ्ताली बेनेट र पूर्व टिभी समाचार प्रस्तोता याइर लापिडको नेतृत्वमा वामपन्थी, मध्यमार्गी र अरब पार्टीहरूको गठबन्धनले उनलाई सत्ताच्युत गरेको थियो । यद्यपि, उनलाई सत्तामा फर्कन धेरै समय भने लागेन ।

नोभेम्बर १ मा भएको निर्वाचनपछि नेतन्याहूले अति परम्परावादी र दक्षिणपन्थी पार्टीहरूसँग तत्काल सरकार गठनका लागि वार्ता सुरू गरेका थिए । उनको गठबन्धनमा बेजालेल स्मोटरिचको धार्मिक जियोनिज्म र इटामार बेन जिभरको यहूदी शक्ति पार्टी पनि सामेल रहेका छन् । 

दुवैमा प्यालेस्टाइनीहरूको बारेमा भड्काउपूर्ण अभिव्यक्ति दिएको आरोप लाग्नेगरेको छ । उनीहरूले अब क्रमशः पश्चिम किनारामा इजरायली बस्ती नीति र इजरायली पुलिसको जिम्मेवारी लिनेछन्, जसले १९६७ देखि इजरायलले कब्जा गरेको क्षेत्रमा पनि काम गर्दछ । -एएफपी

Logo