थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले माग्यो गृहकाे सहयोग

थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले माग्यो गृहकाे सहयोग


काठमाडौं महानगरपालिकाले थापाथलीस्थित अनधिकृत संरचना हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ ।  

बुधबार महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई एक पत्र पठाउँदै भनेका छन्- ‘थापाथलीस्थित बागमती नदी किनारमा अनाधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक–पटक प्रयास भएको व्यहोरा विदितै छ । यस महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ । जसको लागि तहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ ।’ 

सो क्षेत्रको संरक्षण र सौन्दर्यका लागि बागमती सभ्यता एकीकृत विकास परियोजनाको अनुरोधमा त्यहाँको बस्ती हटाउन प्रयास गरिए पनि सफल नभएको महानगरले बताएको छ । 

महानगरको पत्रः-

केही समयअघि काठमाडौं महानगरले थापाथलीको सुकुम्बासी बस्तीमा रहेका अनधिकृत संरचना हटाउन पत्राचार गरेको थियो । सो पत्राचारलाई अटेर गरेपछि महानगरको टोली डोजरसहित थापाथलीको सुकुम्बासी बस्तीमा पस्दा स्थानीयले ढुंगामुढा गर्नुका साथै चर्को नाराबाजीसहित घरेलु हतियार प्रदर्शन गरेका थिए । सो झडपमा दर्जनौं नगर प्रहरी घाइते भएका थिए । 

Logo