कांग्रेस प्रदेश–१ संसदीय दलको नेतामा थापा निर्वाचित

कांग्रेस प्रदेश–१ संसदीय दलको नेतामा थापा निर्वाचित


नेपाली कांग्रेस प्रदेश नम्बर–१ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् ।

शुक्रबार बिहान भएको कांग्रेस संसदीय दलको निर्वाचनमा थापाले १८ मत ल्याई विजयी भएको निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीले जानकारी दिए । उनी पार्टीका प्रदेश–१ सभापति समेत हुन् । उनका निकटतम प्रतिस्पर्धी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका केदार कार्कीले नौ र पार्टीका केन्द्रीय सदस्य समेत रहेका अमृत अर्यालले दुई मत ल्याए ।

संसदीय दलको नेतामा विजयी भएपछि थापाले कांग्रेसमा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने परम्परा रहेको र अब आफू सदनमा दह्रो विपक्षी भएर अगाडि बढ्ने बताए । थापाले कृष्णप्रसाद सिटौला समूह, कार्कीले संस्थापनइतर (शेखर कोइराला) समूह र अर्यालले संस्थापन (सभापति शेरबहादुर देउवा) समूहबाट उमेदवारी दिएका थिए । प्रदेश–१ प्रदेशसभामा कांग्रेसका २९ सदस्य छन् ।

Logo