यू–१९ एसिया कपका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा

यू–१९ एसिया कपका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा


नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी यू–१९ एसिया कप क्वालिफायर डिभिजन १ छनोटको लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले दुई महिनापछि युएईमा हुने छनौटका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकिएको शुक्रबार जनाएको छ । बन्द प्रशिक्षण मंगलबारदेखि काठमाडौँंमा सुरु हुनेछ । गत मंसिरमा  काठमाडौंमा सम्पन्न वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा खेलाडी छनौट गरिएको हो ।

छनौट भएका खेलाडीहरुमा  अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापामगर, अनुराग सिंह, मिलन बोहरा, गोविन्द विक, योगेश भाट, प्रतीक श्रेष्ठ, दीपक बोहरा, दीपेश कंडेल, निर्मल गुरुङ, सुवास भण्डारी, नरेन साउद र हेमन्त धामी रहेका छन् । यस्तै आकाश चन्द, दुर्गेश गुप्ता, राकेश यादव, गुलशन झा, सक्रिय कार्की, विपिन महतो, दीपक डुम्रे, प्रज्वल थापा, मयन यादव, विशाल विक्रम केसी, युनिससिंह ठकुरी, दीपक बोहरा, देव खनाल र तिलकराज भण्डारी पनि बन्द प्रशिक्षणका लागि छनौट भएका छन् ।

नेपालले फेब्रुअरीमा युएईमा गएर एसिया डिभिजन १ खेल्नेछ । डिभिजन १ छनोटमा नेपाल, युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

Logo