बक्सिङ संघले ६ महिनाभित्र अधिवेशन गर्ने

बक्सिङ संघले ६ महिनाभित्र अधिवेशन गर्ने


नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवालेको सभापतित्वमा संघको पूर्ण कार्यसमितिको बैठक सम्पन्न भएको छ ।  

बक्सिङ्ग संघका संस्थापक अध्यक्ष विष्णु गोपाल श्रेष्ठको प्रमुख आतिथ्य रहेकाे बैठकमा नेपाल बक्सिंग संघका पुर्व अध्यक्ष उमेश मास्के, निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ लगायत संघका कार्यसमितिका पदाधिकारीहरुको उपस्थित रहेको थियो । 

साथै बैठकमा नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, उपाध्यक्ष नरेन्द्र पोमो, उपाध्यक्षद्वय भोजराज सिटौला, किरण बहादुर श्रेष्ठ, महासचिव सविन भट्टाचार्य, कोषाध्यक्ष गौतम सुजखु, सदस्यहरु, मान बहादुर भण्डारी, ओम नारायण श्रेष्ठ, पुष्कर राज पन्त, श्याम काजी अवाले, शोभार जंग केसी, मान बहादुर लक्ष्मण कार्की, रमेश अधिकारी, पुर्व प्रमुख प्रशिक्षकद्वय प्रकाश थापामगर, ओम मास्के, टेक्निकल संयोजक दीपक महर्जन, दक्षिण एशियाली खेलकुदका स्वर्ण पदक विजेता रामचन्द्र थापामगरलगायतको पनि उपस्थिति रहेको थियो । 

उक्त बैठकमा निवर्तमान अध्यक्ष तथा संस्थापक अध्यक्षहरुले बक्सिंगको दीगो विकासका लागि बक्सिंग विकासका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने सुझावहरु प्रस्तुत गरेका थिए । साे पछि बैठकले आगामी संघको अधिवेशन आजकाे मितिले ६ महिना भित्र खेलकुद ऐन २०७७ को विधान बमोजिम अधिवेशन गर्ने निर्णय सर्वसम्मत निर्णय गरेकाे छ र यसका लागि राखेपमा आवश्यक पत्राचार गरि मिति लिने निर्णय पनि भएकाे छ । 

Logo