सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा सबइन्जिनियरसहित २ जनाको मृत्यु

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा सबइन्जिनियरसहित २ जनाको मृत्यु


सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जंगलमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा लालबन्दी नगरपालिकाका सब–इन्जिनियर रोशन यादवको मृत्यु भएको छ । लालबन्दीबाट जनकपुरतर्फ जाने क्रममा यादव आफैले चलाएको ना १ ब २५५६ नम्बरको मोटरसाइकल बाँके जंगलमा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते यादवको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ का ३० वर्षीय यादव शुक्रबार ९ बजे राति लालबन्दी डेराबाट घरका लागि प्रस्थान गरेका थिए ।

यस्तै, शुक्रबार राति ८ बजे हरिपुर नगरपालिका ८ जगतपुरमा गाडीको ठक्करबाट साइकल यात्री वडा नं. २ बस्ने चन्देश्वर चौधरीको मृत्यु भएको छ । नवलपुर मंलगवा सडकखण्डमा मंलगवाबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ च २३९६ नम्बरको गाडीले साकइकल यात्री चौधरीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनलाई मलंगवा प्रादेशिक उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए । उनका अनुसार शव पोस्टमार्टमका लागि मलंगवा अस्पताल सर्लाहीमा राखिएको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Logo